
नेपालगञ्ज । बाँकेमा चालु आर्थिक वर्ष २०७८/०२९ मा करिब तीन सय फरार प्रतिबादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०७८/०२९ मा जिल्लामा बिभिन्न मुद्धाका दुई सय ८१ फरार प्रतिबादी पक्राउ गरिएको हो ।
पक्राउ प्रतिबादीहरुबाट ५६ लाख बढि जरिवाना असुल भएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
‘बिभिन्न मुद्धामा रहेका रहेका प्रतिबादीहरुलाई फरक फरक क्षेत्रबाट पक्राउ परेका छन्,’ प्रवक्ता न्यौपानेले भन्नुभयोे, ‘यस क्रममा उनीहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना असुल गरिएको छ ।’
पक्राउ परेकाहरुबाट एक सय ३३ वर्ष ११ महिना १४ दिन कैद समेत असुल गरिएको छ ।





