कोहलपुर नगरपालिकाको अत्याधुनिक भवन सिलन्यास

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको नयाँ अत्याधुनिक भवन बन्ने भएको छ ।

नयाँ निर्माण हुने भवनको शुक्रबार शिलान्यास गरिएको छ ।कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले शिलान्यास गर्नुभएको हो ।

भवन निर्माणका लागि ठेक्का ज्वाइन्ट भेन्चरमा काम गरिरहेका एसोसियट, जय भवानी र रन्जितकार जेभीले पाएको छ । २०८१ साल पौषसम्म निर्माण सम्पन्न गर्ने गरी १५ करोड ३८ लाखको लागतमा नयाँ अत्याधुनिक भवन बन्नेछ ।

स्थानीय सरकारको ९ करोड र स्थानीय पूर्बाधार विकास विभागको ६ करोड अनुदान लागत साझेदारीमा साढे ५ तले अत्याधुनिक प्रशासकीय भवन निर्माण हुने नगर प्रमुख आचार्यले बताउनुभयो ।

Previous articleबाँकेमा एक वर्षमा २८१ फरार अभियुक्त पक्राउ
Next articleबाँकेकाे नरैनापुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here