जानकीकाे प्रेस सल्लाहकारमा ताहिर शेष नियुक्त

मानपुर । बाँकेको जानकी गाउँपालिकाकाे प्रेस सल्लाहकारमा पत्रकार ताहिर शेष (साहिल) नियुक्त हुनुभएको छ ।

गाउँपालिकाकाे शुक्रबार सम्पन्न १२ औं गाउँसभामा पत्रकार शेषलाई पालिकाकाे प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएकाे जनाईएकाे छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँकाे अध्यक्षतामा भएकाे गाउँसभाकाे निर्णय सुनाउँदै वडा न-५ का वडा अध्यक्ष टिकानाथ यादवले गाउँ कार्यपालिकाकाे बैठकले पालिकाकाे प्रेस सल्लाहकारमा शेषलाई नियुक्त गर्ने निर्णय गरेकाे जानकारी दिनुभयो ।

शेष न्युज फ्ल्यास खबरका समाचार संयोजक हुनुहुन्छ । यस्तै गाउँपालिकाकाे कानूनी सल्लाहकारमा अधिवक्ता पवन गुप्तालाई नियुक्त गरिएकाे छ । गाउँसभामा राजनीति सल्लाहकार नियुक्त लगायतका निर्णय सुनाईएकाे थियाे ।

Previous articleनेपाल टेलिभिजन काेहलपुर २६ औं वर्षमा प्रबेश
Next articleजानकीको सार्वजनिक सुनुवाई : सेवा प्रवाहलाई पारदर्शी बनाउन आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here