नेपाल टेलिभिजन काेहलपुर २६ औं वर्षमा प्रबेश

काेहलपुर । बाँकेकाे काेहलपुरबाट संचालनमा आएकाे नेपाल टेलिभिजनले आफ्नाे २६ औं स्थापना दिवस मनाएकाे छ ।

नेपाल टेलिभिजनको प्रसारण विस्तारको क्रममा २०५३ साल असार ३१ गते स्थापना भएको क्षेत्रीय प्रसारण केन्द्र कोहलपुर अहिले एनटिभीको प्रादेशिक च्यानलको रुपमा स्थापित भएको छ ।

´क्षेत्रीय प्रसारण केन्द्र स्थापना भएको प्रारम्भिक दिनहरुमा योगदान गरेका व्यक्तित्वहरुलाई स्थापना दिवसको यस अवसरमा ह्दयदेखि आभार प्रकट गर्न चाहन्छु ।,´ काेहलपुर प्रमुख बिजया बर्माले भन्नुभयाे ।

२०५३ सालमा स्थापित यो क्षेत्रीय प्रसारण केन्द्र २०६२ फागुन १३ गते तत्कालिन द्धन्द्धकालमा कारणबस बन्द हुन पुगेकाे थियोे । त्यसपछि तत्कालिन नेपाल सरकारको निर्णय अनुसार प्रादेशिक च्यानलको रुपमा २०७४ बैशाख १ गतेदेखि पुनः सञ्चालनमा आएकाे हाे ।

यो च्यानल निरन्तर रुपमा भू-उपग्रह प्रणालीमार्फत देशभित्र र देश बाहिर चौविसै घण्टा आफ्नो पहुँच पुर्याउन सफल भएको प्रमुख बर्माले जानकारी दिनुभयाे । टेलिभिजनले शुक्रबार कर्मचारीबीच स्थापना दिवस मनाएकाे हाे ।

Previous articleबाँकेकाे नरैनापुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
Next articleजानकीकाे प्रेस सल्लाहकारमा ताहिर शेष नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here