बाँकेको जानकीमा बसले ठक्कर दिँदा चार घाइते, एक गम्भीर

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ मानपुरमा बसले एकैचोटी अटोरिक्सा र स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार खजुराबाट आइतबार दिउँसो नेपालगञ्ज आउँदै गरेको प्रदेश ३–०१००६ ख ०९८० नम्बरको बसले अटोरिक्सा र स्कुटीलाई मानपुरस्थित साईनिंग अस्पतालको गेट अगाडी नेपालगञ्जबाट खजुरातर्फत जाँदै गरेको बसले ठक्कर दिँदा ४ जना घाइते भएको जसमा एक जना गम्भीर छन् ।

ठक्करबाट भे ९ प ५४३१ नम्बरको स्कुटीमा सवार खजुरा गाउँपालिका वडा नं ४ की ४५ वर्षीया लक्ष्मी शाह, मे १ ह १०३३ नम्बरको अटोरिक्सा चालक खजुरा वडा नं ७ का ३७ वर्षीय राम सेवक यादव, अटोमा सवार सोही ठाउँका १६ वर्षीय हनिष खाँ र पैदल यात्रु ३५ वर्षीय इस्माईल साई घाइते भएको जिल्ला प्रहरी कार्र्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनामा परि अटोमा सवार १६ वर्षीय खाँ गम्भीर घाइते भएका छन् । घाइते सबैको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Previous articleदुई प्रादेशिक अस्पतालमा टिकट र शय्या निःशुल्क
Next articleलागु औषध मुद्धामा फरार कोहलपुरका दुई प्रहरी फन्दामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here