
नेपालगञ्ज । बाँके प्रहरीले लागु औषध मुद्धामा फरार कोहलपुरका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागु औषध मुद्दामा फरार बाँके कोहलपुर नगरपालिका वडा नं-१० का २० वर्षीय सुदिप चौधरी र कोहलपुर नगरपालिका वडा नं-१५ का ३२ वर्षीय अजय कुमार चौधरीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले सुदिपलाई २८ दिन र अजयलाई ९ वर्ष २१ दिन कैद सजाय तोकेको छ । सुदिपलाई २०७८ माघ ३० गतेको फैसला र अजयालाई २०७८ मंसिर ८ गते अदालतले फैसला गरेको थियो ।
दुबै जनालाई यही असार २ गते पक्राउ गरिएको बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।





