
नेपालगञ्ज । नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त (चाचाजी) बारे पत्रकार सन्तोष रेग्मीले बनाएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ ।
पत्रकार रेग्मीको लेखन/निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो ।
(चाचाजी) उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तिभर विचलित नभई पत्रकारिताको धर्म निर्वाह गर्न अघि बढ्ने अविराम यात्री हुनुहुन्छ ।
प्रजातन्त्रले मात्र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न सक्छ भन्नेमा स्पष्ट रहनुभएका उहाँ प्रजातन्त्र पुर्नस्थापनापछि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुनुभएको हो ।





