बाँकेको जानकीमा करार कर्मचारीको म्याद थप

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ ।

गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।

गाउँपालिकाको गत असार ८ गते बसेको कार्यपालिका बैठकबाट सिफारिस भई असार ३१ गते भएको गाउँसभाको निर्णय अनुसार नै पालिकामा कार्यरत सबै करार कर्मचारीहरुलाई नहटाउने निर्णय भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो ।

‘गाउँपालिका तथा वडा कार्यालयहरुमा साबिकको जिल्ला बिकास समिति बाँके र गाउँ बिकास समितिको कार्यालयदेखि काम गर्दै आइरहेका करार तथा अस्थायी कर्मचारी कार्यरत छन् ।,’ प्रमुख प्रशासकीय अधिकृत रानाले भन्नुभयो, ‘कार्यरत सबै कर्मचारीको यही साउन १ गतेदेखि नियमानुसार म्याद थप गरिएको छ ।’

जानकीमा अधिकृतस्तर छैठोदेखि श्रेणी बिहिन ५८ जना करारमा कार्यरत को म्याद थप गरिएको छ । स्थानीय तहको निर्वाचन २०७९ पछि बाँके लगायत अन्य जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेका छन ।

उता स्थानीय तहले करार कर्मचारी निष्काशन (हटाउने) कार्यको भने निजामती क्षेत्रका ट्रेड युनियनहरुले बिरोध गरेका छन् ।

दक्ष, अनुभवी र तालिम प्राप्त, योग्य कर्मचारीलाई सेवाबाट बेदखल गर्ने कार्य कुनैपनि कोणबाट उपयुक्त नभएको भन्दै अबिलम्ब निर्णय फिर्ता लिन माग गर्दै आएका छन् ।

Previous articleबागेश्वरी मन्दिर क्षेत्रको सरसफाई
Next articleपत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को वृत्तचित्र युट्युबमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here