कालिकोट पलाताका धर्मदत्त जैशि तिबगाड खोलामा बगेर बेपत्ता

नेपालगन्ज । कालिकोटको पलाता गाउँपालिका वडा न-७ फागोटीका एक व्यक्ति बालुवाको तिबगाड खोलामा बगेर बेपत्ता हुनुभएकाेे छ ।

४४ वर्षीय धर्मदत्त जैशि आज बिहान करिब १० बजेतिर थिर्पुबाट आफ्नो घर फागोटी जाने क्रममा बालुवाको तिबगाड खोलामा तर्दै गर्दा पानीमा बगेर बेपत्ता हुनु भएकाे हाे ।

प्रहरीको टोली लगायत स्थानीयहरुले खोजी गरिरहेकाे पलाता-७ कालिकोटका नर प्रसाद जैशिले जानकारी दिनुभयाे ।

अबिरल बर्षाका कारण नदिको बहाव बढेको छ । उहाँको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Previous article१६ वटा सिसिटिभि क्यामरा बाँके प्रहरीलाई हस्तान्तरण
Next article‘लू’ को प्रभाव कम गर्न हरियाली आवश्यक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here