संक्रमण पुष्टिको चौथो दिनसम्म पनि पठाइएन आइशोलेसन

google

बाँके । नेपालगञ्ज वडा नं–२ घरवारीटोलका कोरोना संक्रमितलाई पुष्टि भएको चौथौ र दोस्रो दिनसम्म पनि आइशोलेसनमा लगिएको छैन ।

त्यहाँ कोरोना पुष्टि भएका १ जना महिलालाई चौथौ र ३ जना पुरुषलाई दोस्रो दिनसम्म पनि आइशोलेशनमा नपठाईदा स्थानीयमा त्रास सृजना भएको छ ।

स्थानीयले नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मीलाई आइशोलेसन पठाउनका लागि दैनिक फोन गर्ने गरेका छन् । तर संक्रमण पुष्टि भएको चार दिनसम्म पनि आइशोलेसनमा नपठाउनु लापरवाही भएको देखिन्छ ।

संक्रमण पुष्टि भएको दिन नै आइशोलेसनमा पठाउनुपर्ने भएपनि घरवारीटोलमा २६ गते पुष्टि भएका र २८ गते पुष्टि भएका चार जनालाई अझै आइशोलेसनमा पठाइएको छैन ।

समयमा संक्रमितको व्यवस्थापन नगरिँदा समुदायमा झनै कोरोना संक्रमण फैलने सम्भावना बढि हुने स्वंय स्वास्थ्यकर्मीहरु बताउँछन् ।

तर नेपालगञ्जको यो वडामा देखिएका संक्रमितलाई हालसम्म पनि आइशोलेसनमा नलैजाँदा समुदाय संक्रमित हुने जिम्मा कस्ले लिन्छ ? स्थानीयहरुको प्रश्न छ । यस्तो खाले लापरवाहीले कसरी कोरोना नियन्त्रण हुन्छ ।

Previous articleराजश्व कार्यालयका सबै डिस्चार्ज, ३२ गतेदेखि सेवा प्रवाह हुने
Next articleउपमहानगरपालिकाले आईतबारदेखि सेवा सुचारु गर्दै

2 COMMENTS

  1. Sir yo news india ko ho ki Nepal ko ho kehi bujhna shakiana photos chai india ko and news chai Nepal ko k ho sir nepali media pani Indian media jastai huna khojay ko ho ki kaso

    • सर फोटो समाचारसंग मेल खाएकाले फोटो हालिएको हो तर समाचार त यही नेपालगञ्जमा भएको घट्नाको हो । समाचार साँचो र यहीको को हो । ढुक्क हुनुस । भारत र नेपालमा धेरै फरक छ र नेपालमा पनि धेरै सञ्चारमाध्यमले झुटो समाचार पनि हालेको हुनुपर्छ त्यही भएर हजुरलाई बिश्वास लागेन होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here