उपमहानगरपालिकाले आईतबारदेखि सेवा सुचारु गर्दै

बाँके । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगञ्ज उप–महानगरपालिकामा आईतबारदेखि सेवा सुचारु हुने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आईतबारदेखि निरन्तरता दिन लागिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आईतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी दिनुभयो । उप–महानगरपालिकामामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।

सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुन पानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ ।

Previous articleसंक्रमण पुष्टिको चौथो दिनसम्म पनि पठाइएन आइशोलेसन
Next articleबाँकेका २२ सहित ३० जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here