राजश्व कार्यालयका सबै डिस्चार्ज, ३२ गतेदेखि सेवा प्रवाह हुने

बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कर्मचारीहरु डिस्चार्ज भएपछि आइशोलेसन सेन्टर खाली भएको छ ।

कार्यालयका ४ जना अधिकृत, ४ जना कर्मचारी र ४ जना परिवारका सदस्यहरु डिस्चार्ज भएपछि कार्यालयमा बनाइएको आइशोलेसन सेन्टर बन्द गरिने भएको हो ।

राजश्व कार्यालय नेपालगञ्जका एक अधिकृतमा कोरोना संक्रमण देखिए पश्चात भएको कन्ट्याक्ट ट्रेसिङबाट कार्यालयका थप १० जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै दाङबाट भेरी अस्पतालमा उपचारका लागि आएका २ जना कर्मचारीमा समेत कोरोना संक्रमण फेला परेपछि राजश्व कार्यालयमै आइशोलेसन सेन्टर बनाइएको थियो ।

राजश्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले आइशोलेसनमा रहेका सबैजना बिहीबार डिस्चार्ज भएको बताउनुभयो ।

उहाँका अनुसार अब आइशोलेसन सेन्टर बन्द गरी जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु सुनिश्चित बिधि र प्रक्रिया अवलम्बन गरी श्रावण ३२ गते आइतबारदेखि कार्यालयको सेवा प्रवाह गरिने तयारी गरिएको छ ।

Previous articleकन्ट्याक्ट ट्रेसिङमा लापरवाही किन ? कर्मचारी संगठनका सचिव “सेल्फ आइशोलेसनमा”
Next articleसंक्रमण पुष्टिको चौथो दिनसम्म पनि पठाइएन आइशोलेसन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here