बुटवलमा कल सेन्टरमार्फत ट्रयाप, डेढ सय युुवा युवती पक्राउ

बुटवल । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.२ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालकसहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् ।

Previous articleशिलालेख राख्ने बिषयमा नेपालगञ्ज वडा नम्बर-१२ मा विवाद
Next articleशिक्षकको बढुवा सम्बन्धी कार्यविधि सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here