
नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दामा आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लेनदेन मुद्दामा फरार नेपालगञ्ज वडा नं २ की रमा भंगीलाई पक्राउ गरेको हो ।
रमालाई जिल्ला अदालत बाँकले २०७८ पुष १२ गतेको फैसलाले तीन महिना कैद तोकेको थियो । फैसलालगत्तै रमा फरार भएकी थिइन ।
बाँके प्रहरीको एक टोलीले रमा २०७९ साउन ८ गते पक्राउ गरि अदालतमा बुझाएको जनाइएको छ ।





