श्री माँ वैष्णोदेवी माता मन्दिर संरक्षण समितिको प्रथम साधारण सभा सम्पन्न

शिवराज साहु
नेपालगंज । नेपालगंज उपमहानगरपालिका भवनीयापुर वडा नं १४ स्थित श्री माँ वैष्णोदेवी माता मन्दिर संरक्षण समितिको प्रथम वार्षिक साधारण सभा सम्पनन्न भएको छ।

भवनीयापुरमा बन्न लागेको श्री माँ वैष्णोदेवी मन्दिर १६ कठ्ठा जग्गामा निर्माण हुने भएको छ । उक्त मन्दिरमा १३ करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

मन्दिर निर्माण कार्यका लागि श्रद्धाभक्ति अनुसार जो कोहीले पनि अनुदान दिन सक्ने समितिका सचिव मिश्रिलाल कोरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष मजहर अलि साईले पनि धार्मिक स्थलको संरक्षणमा आफुले सहयोग गर्ने बताउनुभयो ।

निर्वाचित अध्यक्ष श्री राकेश कुमार चौधरीले कार्यक्रममा बोल्दै धार्मिकस्थल, मठमन्दिरको संरक्षण गर्ने र यी स्थललाई पर्यटनसंग जोड्न सके नगरको समेत विकास हुने धारणा राख्नुभयो ।

साधारणसभाबाट मन्दिर संरक्षण समितिको अध्यक्षमा राकेश कुमार चौधरी, उपाध्यक्षमा प्रभात कुमार चौधरी, सचिवमा मिश्री लाल कोरी, कोषाध्यक्षमा, बाँकेलाल कुर्मी र सहसचिवमा रेखा मिश्रा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा जिलेदार भाट, लक्ष्मण प्रसाद वर्मा, सुमन धिमाल, दुर्गा खत्री, शान्ती जि.सी., शुशिला गोडिया र खेमराज मौर्य चयन हुनुभएको हो ।

Previous articleबाल सुधार गृहमा स्वास्थ्य शिबिर, ११५ को स्वास्थ्य परिक्षण
Next articleशिक्षा क्षेत्रको सुधार नै यस क्षेत्रको बिकास हो : अध्यक्ष शाह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here