बाल सुधार गृहमा स्वास्थ्य शिबिर, ११५ को स्वास्थ्य परिक्षण

नेपालगञ्ज । डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहमा स्वास्थ्य शिबिर संचालन गरिएको छ ।

सहिद मनोज-झपेन्द्र-सुरेन्द्र दिवस-२०७९ को अवसरमा संचालन गरिएको शिबिरमार्फत सुधार गृहमा रहेका एक सय १५ बालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल निजामती कर्मचारी संगठन, बाँकेले आइतबार संचालन गरेको शिबिरमा स्वास्थ्य परिक्षणका साथै निस्शुल्क औषधि समेत बितरण गरिएको छ ।

डा.सन्तोष बि.सिसहितको चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेको नेपाल निजामती कर्मचारी संगठन, बाँकेका अध्यक्ष देवीलाल चौलागाईले जानकारी दिनुभयो ।

Previous articleगाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर
Next articleश्री माँ वैष्णोदेवी माता मन्दिर संरक्षण समितिको प्रथम साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here