
बर्दिया । बर्दियाको राजापुर बजार नजिकै रहेको कर्णाली नदीमा निर्माणमा गरिएको तटबन्ध भत्किएको छ ।
बजारदेखि करिब एक किलोमिटर पश्चिम रहेको नदीमा बनाइएको तटबन्ध भत्किएपनि नदीको सतहभन्दा जमिनमाथि भएकाले पानी भने बस्तीमा पसेको छैन ।
जल सतह बढेमा बस्तीमा पानी पस्न सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको र स्थायी तटबन्धका लागि कर्णाली नदी व्यवस्थापन आयोजनासँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
पानी जुनसुकै बेला बस्तीमा पस्नसक्ने भएकाले राजापुर नगरपालिका वडा नम्बर–३, ४, र ७ का ३ हजार परिवारलाई उच्च सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ ।





