बाँकेमा थप ११ जनामा संक्रमण पुष्टि

बाँके । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्को पुष्टि गर्नुभएको छ। शुक्रबार बाँकेमा थप भएका संक्रमितसँगै कूल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ ।

तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।

Previous articleशंकास्पद शुटकेश भित्र कपडा
Next articleकर्णाली नदीको तटबन्ध भत्कियो, राजापुरका ३ हजारलाई सावधानी अपनाउन आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here