जनता खेतबारी जोत्ने, सरकार भ्रष्ट पोस्ने !

बन्जरलाई उर्वर बनाउने अथक परिश्रम गर्ने त्याग तपस्याको अर्को नाम किसान हो । जीवनभर माटोबाट सुन निकाल्न तल्लिन रहिरहन्छ । घाम, चिसो पानी, दिन र रात पनि नभनि आफ्नो कर्ममा निरन्तर लडिरहन्छन ।

हाम्रो देशको ८० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रीत भनिएतापनि केहीले मात्रै अथक मेहनत गरेको पाईन्छ भने धेरै अनुदान मुखि मात्रै देखिन्छन् । त्यस कारण वास्तविक किसान ओझेलमा छन् ।

त्यसो भनिरहदा भने केही योजनाहरु त्यस्ता छन् जसले वास्तविक किसानलाई हेर्छ । जसको उत्पादन हेर्छ र त्यसका आधारमा किसानले कृषि सामग्री, तथा विउपल प्राप्त गर्दछन् त्यस्तो संस्थाको नाम हो स्मार्ट कृषि गाउँ कार्यक्रा सन्धिखर्क अर्घाखाँची, व्यावसायिक किसान र व्यवस्थापनको चाँजो पाँजोका कारण जिल्लामै आर्थिक वर्ष २०७८र०७९ प्रथम भएको योजना पनि हो ।

किसानले विभिन्न किसिमका तरकारी दिनुका साथै नेपाली संस्कृति र सभ्यतालाई पनि बचाइरहेका छन् । यही कारणले गर्दा नेपाली संस्कृति र सभ्यता र सभ्यता लोप हुन पाएका छैनन । कृषि किसानको उर्जा पनि हो ।

वास्तवमा हाम्रो ठाउँका किसान नै आधुनिक भगवान हुन । उनले सागपात, तरकारी, दूध, दहि आदि दिइरहेका छन् तर बदलामा वास्तविक पारिश्रमिक पनि पाइरहेका छैनन् भने कहिले बजार नपाएर तरकारी गाईवस्तुलाई खुवाउनु पर्ने बध्यता छ ।

परापूर्वकालदेखि अहिलेसम्म किसानको जीवन अभावमा बित्दै आएको छ । किसान मेहनती हुनुका साथै सादा जीवन बिताइरहेका छन् ।

उठ्ने बित्तिकै गाईवस्तुको सेवा गर्छ, त्यसपछि किसानको खुट्टा स्वतः आफ्नो कार्यक्षेत्र तिर उठ्छ। किसानहरु दिनभरी मिहिनेत गर्छन् ।

त्यो निरन्तरको परिश्रमबाट उत्पादित बालिले उचित मूल्य पाउने हो भने किसानले केही राहतको महशुस गर्थे होला अस्थिर सरकार, कमिसन र सरकारसंग कृषिसंग सम्बन्धित ठोस नीति नहुनुका कारण किसानले बजारको अभाव झेलिरहनु परेको छ ।

अरु संस्थाका संचालक यस्ता छन किसानको नाममा करोडौं रकम कुम्ल्याउने अनि ती संस्थामा ताला लगाएर बस्ने । यस्तो हुनु नियमक निकाय कमिसनमा लिप्त हुनु नै हो हैन भने किन एक्सन लिन सक्दैन ।

वास्तविक किसान पहिलो कुरा त फुर्सद नै पाउँदैन यदि फुर्सद निकालेर केही कार्यक्रम माग्न जादा आनाकानी गर्ने तर किसान नामधारी लुट्न पल्लकिएकालाई ठुला ठुला योजना सजिलोसँग दिने भ्रष्ट केही कर्मचारीले गर्दा देशमा उत्पादित वस्तुले भाउ नपाउने र छिमेकि राष्ट्रबाट आयात गर्नुपर्ने जस्ता बाध्यता सिर्जना भएका छन ।

देशमा किसानलाई हेर्ने पवित्र आँखा, बजारीकरण, उर्वर भुमि पलट गरि टुक्रा पार्ने काम बन्द र कृषिलाई आधुनिकिकरण गर्न सके देश कृषिमा आत्मनिर्भर हुनुका साथै बिकासले तिब्रता पाउनेछ र कृषि क्रान्ति सम्भव हुनुका साथै सुखि नेपाली समृद्ध नेपाल पनि सम्भव हुनेछ ।

जय किसान जय देश ।।
किशानधारी भ्रष्टको फेर्नु पर्छ भेष ।।

Previous articleट्रेड युनियनहरु आन्दोलित, कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही माग
Next articleअम्बे स्टिल उद्योगले खनेकाे खाल्डोमा डुबेर ७ वर्षीय बालककाे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here