अम्बे स्टिल उद्योगले खनेकाे खाल्डोमा डुबेर ७ वर्षीय बालककाे मृत्यु

नेपालगन्ज । बाँकेकाे गनापुरमा रहेकाे अम्बे स्टिल उद्योगले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वाका ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयाे ।

घटना बारे अनुसन्धान भइरहेको छ । जानकी गाउँपालिका वडा नम्बर ५ मा अम्बे स्टिलले उद्योग सञ्चालन गर्दै आएको छ ।

उद्योगले पर्खाल निर्माणका लागि खनेको करिव १० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ति बालकको मृत्यु भएको जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले बताउनुभयाे ।

वडाअध्यक्ष यादवका अनुसार बिहान करिव ५ बजेतिर बालक शौच गर्न निस्केका थिए । घटनाबारे उद्योगले अहिलेसम्म कुनै चासो नदेखाएको वडाअध्यक्ष यादवले बताउनुभयो ।

मृतक बालकका बुवा मुन्सीलाल करबलले अम्बे स्टिलको लापरबाहीका कारण छोराको मृत्यु भएको बताउनुभयाे ।

Previous articleजनता खेतबारी जोत्ने, सरकार भ्रष्ट पोस्ने !
Next articleअध्यक्ष यादवलाई जानकारी नै नदिई जसपा-२ मा क्षेत्रीय समिति पुनर्गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here