वास समितिको क्षमता अभिबृद्धिका लागि तीन दिने तालिम संचालन

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाको बिभिन्न बिद्यालयमा रहेका खानेपानी, सरसफाई र महिनावारी सम्बन्धि समिति (वास) का पदाधिकारीका लागि क्षमता अभिबृद्धि सम्बसन्ध तीन दिने संचालन गरिएको छ ।

गाउँपालिका शिक्षा शाखाको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)द्धारा संचालित सिकाई परियोजना अन्तर्गत खजुराका बिभिन्न बिद्यालयमा रहेका समितिका पदाधिकारीको क्षमता अभिबृद्धि तालिम संचालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष डम्बर बिकले गर्नुभएको थियो । सो क्रममा उहाँले बिद्यालयहरुमा पनि सरसफाई सम्बन्धित आवश्यक व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । उहाँले बालिकाहरुको नियमित अध्ययन कार्यलाई सहज बनाउन महिनावारीलाई व्यवस्थापन गर्ने सुबिधा समेत बिद्यालयमा हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि पालिकाले समेत आवश्यक सहयोग गर्ने बताउनुभयो ।उद्घाटनमा बौल्दै शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बिद्यालयमा सरसफाई स्वच्छता अभियानलाई दिगो बनाउन आवश्यक क्षमता अभिबृद्धि गर्न तालिम संचालन गरिएको बताउनुभयो । यो तालिम पश्चात बिद्यालयहरुमा खानेपानी र महिनावारीका सम्बन्धमा सबैको बुझाई एकैनासको हुने पनि बताउनुभयो ।

उद्घाटन शत्रमा खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक कृष्णा पोखरेल बि.क, शिक्षा शाखा प्रमुख मल्ल, प्राबिधिक सहायक निर्मल रेग्मी र स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानको उपस्थिति रहेको तालिममा खजुराका बिभिन्न वडाको ९ वटा बिद्यालयमा रहेका समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ । तालिमलाई बलराम सिग्देलले सहजीकरण गरिरहनुभएको छ ।

Previous articleभू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
Next articleभारतको बाराबंकीमा बस दुर्घटना, चार नेपालीको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here