सवारीसाधन कारवाहीबाट ७० हजार जरिवाना असुल

बाँके । जिल्लामा लकडाउन उलङ्घन गर्ने १२६ वटा सवारी साधनहरु कारवाहीमा परेका छन् ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको निर्णय बमोजिम शनिबार जिल्लाको बिभिन्न स्थानबाट सवारी साधन १२६ वटालाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

सङ्क्रमक रोग ऐन २०२० बमोजिम रु।१०० ।( जरीवाना गरी जम्मा १२ हजार ६ सय जरिवाना असुल गरेको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेको निर्णायनुसार सवारी साधन जोर विजोरको आधारमा संचालन गर्ने भएको निर्णय बमोजिम सवारी साधन चलाउने ११५ वटालाई गरिएकोबाट ५७ हजार ५ सय जरिवाना असुल गरेको छ ।

नियम बमोजिम चलेका प्रत्येक सवारी साधनबाट ५ सयका दरले जरिवाना तिराईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुबै प्रकारको कारवाहीबाट संकलन भएको ७० हजार सय रुपैया दाखिलाको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

Previous articleस्वास्थ्य लाभको कामना गर्न नेपालगञ्जका मेयर डा.राणा पुगे आईसोलेसन
Next articleविश्व चर्चित धाेनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here