विश्व चर्चित धाेनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

बाँके । चर्चित भारतीय क्रिकेटर महेन्द्र सिंह धाेनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

बिश्वमा नै क्रिकेटमा ईतिहास बनाएका क्रिकेटर धाेनीले शनिबार साँझ साेसल मिडिया ईन्स्टाग्राममा शनबार साँझ भारतीय समय ७ बजेर २९ मिनेटपछि आफुले अन्तर्राष्ट्रिय क्रिकेटबाट आफुले सन्यास लिएकाे बुझ्नुपर्ने लेखेका छन् ।

भारतीय क्रिकेटका हस्ती मानिएका क्रिकेटर धाेनीले सन्यासकाे घाेषणा गरेसंगै भारतीय क्रिकेट टाेलीलाई ठुलाे धक्का लागेकाे छ ।

२००५ बाट भारतका लागि क्रिकेट खेल्न शुरू गरेका धाेनीले हालसम्म ९० टेष्ट क्रिकेट खेलेका छन । साे टेष्ट क्रिकेटमा ४ हजार ८ सय ७६ रन बनाएका उनले ६ पटक सेन्चुरी र ३३ पटक अर्ध सेन्चुरी बनाएका छन् ।

उनले २००७, २०११ र २०१३ मा आई सि सि वर्ल्डकप जितेका छन् । उनीसँगै अर्का क्रिकेटर सुरेश रैनाले पनि सन्यासकाे घाेषणा गरेका छन् ।

Previous articleसवारीसाधन कारवाहीबाट ७० हजार जरिवाना असुल
Next articleधारिलाे हतियार प्रहारबाट नेपालगन्जका एक युवा गम्भीर घाईते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here