बर्दियाको बबईमा खतराको तह पार, ठाकुरबाबाका सयबढी घर डुबानमा

फाईल तस्बिर

भावुक योगी, गुलरिया । गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा आएको बाढीले खतराको तह पार गरेको छ। बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि नदीमा पानीको सतह बढेको हो ।

बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ । चेपाङमा ५ दशमलव ५० मिटर पुगे चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ ।

लगातारको वर्षाका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का प्रायजसो गाउँ डुबानमा परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा वडाका एक सयभन्दा बढी घर डुबानमा परेका हुन् ।

डुबान प्रभावित परिवारलाई उद्धार गरी स्थानीय विद्यालय र वडा कार्यालयमा राखिएको वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्टले जानकारी दिनुभयो ।

वर्षा अझै भइरहेकाले बबई नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ। यस्तै गएरातिदेखि कर्णाली नदीको पनि जलस्तर बढेर चेतावनी तहसम्म पुगेको छ ।

Previous articleकाठमाडौंका सार्वजनिक स्थलमा धूमपान निषेध
Next articleधनगढीले आजदेखि लगायो सुर्ती र प्लास्टिकमा प्रतिबन्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here