मोदीले पाएका उपहार लिलामी सुरू

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका १२ सय बढी उपहार लिलामीमा राखिएको छ।

यस वर्ष लगभग १२०० स्मृति चिन्ह र उपहारहरू ई-लिलामीमा राखिएको छ। नयाँ दिल्लीस्थित नेशनल ग्यालरी अफ मोडर्न आर्टमा स्मृति चिन्हको प्रदर्शन गरिएको छ। यी वस्तुहरू वेबसाइटमा पनि हेर्न सकिने केन्द्रीय मन्त्री किशन रेड्डीले जानकारी दिनुभयो ।

स्वदेश तथा विदेश भ्रमणका क्रममा मोदीलाई आयोजकले ती उपहार दिएका थिए। लिलामीबाट आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ । लिलामी मार्फत उठाइएको रकमले गंगाको संरक्षण र पुनरूत्थान गर्न खोज्ने प्रमुख परियोजना ‘नमामी गंगे’ कार्यक्रममा योगदान गर्नेछ ।

लीलामीमा राखिएका विभिन्‍न वस्तुको ‘बेस प्राइस’ २ सय भारतीय रुपैयादेखि अढ़ाई लाख रूपैयासम्म राखिएको छ। ’बोली बढाबढ’ ले यी वस्तु किन्‍न सकिन्छ । बोली लाउदा ‘बेस प्राइस’ भन्दा माथिबाट शुरू गर्नुपर्ने हुन्छ। यसरी बोली लाएर किनिएको वस्तुको ‘होम डेलीभरी’ ३ अक्टूबरपछि गरिने छ । लीलामी प्रक्रिया १४ सेप्टेम्बरदेखि ३ अक्टूबरसम्म सञ्चालन हुन्छ ।संग्रहालयमा पेन्टिङ, स्मृति चिह्न, मूर्ति, लुगा, पगडी तथा सांस्कृतिक सामग्री राखिएको छ । लिलामीमा राखिएका सबै वस्तु सर्वसाधारणले पनि अवलोकन गरुन भन्ने उद्देश्यले दिल्लीको इन्डिया गेट स्थित राष्ट्रिय आधुनिक कला संग्रहालयमा प्रदर्शनीमा राखिएका छन् ।

गत वर्ष नयाँदिल्लीको राष्ट्रिय आधुनिक कला संग्रहालयमा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा प्राप्त उपहार सामग्री राखिएको थियो । संग्रहालयमा २७ सय ७२ वस्तु राखिएका थिए  । सन् २०१९ मा पहिलो पटक यस्तो लिलामी भएको थियो जसमा १ हजार ८०५ उपहार सर्वसाधारणका लागि बोलपत्रका लागि खुला गरिएको थियो ।

दोस्रो चरणमा २ हजार ७ सय ७२ उपहार लिलामीमा राखिएको थियो । सेप्टेम्बर २०२१ मा लिलामीको तेस्रो राउन्डमा ह्यामर अन्तर्गत १३४८ वस्तुहरू राखिएको थियो । त्यसवेला इन्टरनेटबाट र संग्रहालयमा पुगेका व्यक्तिले ती सामग्री किनेका थिए ।

मोदिले आफूले पाएका उपहारको लिलामी गराउने प्रचलन आफू गुजरात राज्यको मुख्यमन्त्री हुँदा नै चलाएका हुन् । मुख्यमन्त्री हुँदा उहाँले लिलामीबाट उठेको रकम राज्यको बालिका शिक्षा अभियानका लागि प्रदान गर्नुहुन्थ्यो । लिलामी प्रक्रिया अनलाइन मार्फ़त हुन गइरहेको छ।

संस्कृति मन्त्रालयले प्रधानमन्त्रीका उपहार सामग्री अनलाइन र संग्रहालयमै गएर किन्न पाउने व्यवस्था मिलाएको छ । तर, यो भारतीय जनताले मात्र किन्न पाउने संस्कृति मन्त्रालयले जनाएको छ । यसमा विदेशी नागरिकले लिलामीमा उपहारका सामग्री किन्न पाउने छैनन् ।

Previous article‘प्रकाश’ लाई पछि पार्दै ‘झिंगेदाउ’
Next articleखजुरामा ‘शहीद सेतु बि.क. स्मृति कप-२०७९’ खुल्ला फुटबल प्रतियोगिता हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here