‘प्रकाश’ लाई पछि पार्दै ‘झिंगेदाउ’

नेपालगञ्ज । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । नयाँ फिल्म रिलिज नहुँदाको बक्स अफिस फाइदा यो फिल्मले उठाउने पक्कापक्की छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार बिहीबार बेलुकासम्म केकी अधिकारी र मुकुन भुसाल अभिनित फिल्मले २ करोड ५५ लाख २६ हजार रुपैयाँ ग्रस कमाएको छ ।

बक्स अफिस जडान नभएका हल र हलले वितरकलाई उपलब्ध गराउने हिसाब समेत जोड्दा ‘झिंगेदाउ’ को कुल कलेक्सन तीन करोड रुपैयाँ ग्रस हुने अनुमान गरिएको छ ।

बोर्डकै डेटा अनुसार बिहीबारसम्म (२१ दिन)को कमाइ हेर्दा ‘प्रकाश’ले १ करोड ४६ लाख रुपैयाँ ग्रस कमाएको छ । बक्स अफिस जडान नभएका हल र हलले वितरकलाई उपलब्ध गराउने हिसाब समेत जोड्दा प्रकाशको कुल कमाइ २ करोड ८० देखि ९० लाख आसपास हुने अनुमान छ ।

बलिउड फिल्म ब्रह्मास्त्रले शुक्रबार मध्यान्हसम्म रियल टाइम डेटाअनुसार ३ करोड १७ लाख रुपैयाँ कमाइ गरेको छ । ‘ऐना झ्यालको पुतली’ले कमजोर कमाइ गरे पनि समीक्षा चाहिं राम्रो पाइरहेको छ ।

Previous articleबाढी प्रभावितको बिचल्ली : बाला लाग्न थालेको धानबालीमा समेत क्षति
Next articleमोदीले पाएका उपहार लिलामी सुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here