गायक राजकुमार दोङ तामाङको ‘हे मेरी आमा’ सार्वजनिक

काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।

एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गर्नुभएको हो । गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गर्नुभएको छ ।

निशल पौडेलले छायांकन, बिकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गर्नुभएको छ । बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

Previous articleसाढे २२ लाखसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा
Next articleराहत माग्न गाउँपालिका पुग्न थाले किसान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here