सडेको अवस्थामा ३ जनाको शव भेटियो

सांकेतिक तस्बिर

धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताउनुभयो ।

‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्’ प्रहरी निरीक्षक मल्लले भन्नुभयो, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भएपनि पहिचान गर्न सकिएको छैन ।’

आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ ।

Previous article६ सय ८१ कैदीलाई आममाफी
Next articleखजुरामा संचालित शिक्षामा लैंङ्गिक रुपान्तरण सम्बन्धी तीन दिने तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here