
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका बिधालयका प्रारम्भिक कक्षाका शिक्षकहरुका लागि शिक्षामा लैंङ्गिक रुपान्तरण सम्बन्धी संचालन गरिएको तीन दिने शिक्षण तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना अन्तगत बाँकेको खजुरा गाउँपालिकाका परियोजना संचालन भएका बिद्यालयका प्रारम्भिक कक्षाका शिक्षकहरुको लागि गत असोज १ देखि उक्त तालिम संचालन गरिएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक कृष्णा पोखरेल बिकले शैक्षिक गुणस्तरताका लागि संस्थाले पालिकामा निरन्तर कार्य गरिरहेकोमा धन्यवाद दिनुभयो ।
यस्तै शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले तालिमा सहभागी हुने शिक्षकहरुलाई सुभकामना दिँदै लिएको सीप ब्यबहारमा उतारी कक्षा कोठाको सिकाइ कृयाकलाप र सिकाइ उपलब्धी बृद्दि गर्नमा मद्धत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
स्याकका कार्यबाहक अध्यक्ष कृष्ण गिरीले तालिममा लिएको अनुभव, सिकाइहरुलाई ब्यक्तिगत ब्यबहार तथा बिधालय, समुदायमा परिर्वतनको संवाहका रुपमा यसको प्रयोग हुने धारणा राख्नुभयो ।
तालिममा खजुरा गाउँपालिकाभित्र परियोजना संचालन भएका पाँच र अन्य गरी नौ वटा बिद्यालयका प्रारम्भिक कक्षाका शिक्षकहरुको सहभागिता रहेको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।





