
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका बिधालयका फोकल शिक्षकहरुका लागि शिक्षामा लैंङ्गिक रुपान्तरण सम्बन्धी संचालन गरिएको तीन दिने शिक्षण तालिम संचालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना अन्तगत बाँकेको खजुरा गाउँपालिकाका परियोजना संचालन भएका बिद्यालयका फोकल शिक्षकहरुको लागि उक्त तालिम संचालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक कृष्णा पोखरेल बिक, गाउँपालिका शिक्षा शाखा प्राबिधिक सहायक निर्मल रेग्मी, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेको उपस्थितिमा गरिएको थियो ।
शिक्षकहरुमार्फत बिद्यालयका शैक्षिक क्रियाकलापलाई दिगो र गुणस्तरीय बनाउन तालिम संचालन गरिएको जनाइएको छ ।
तालिममा खजुरा गाउँपालिकाभित्र परियोजना संचालन भएका लगायत बिद्यालयका फोकल शिक्षकहरुको सहभागिता रहेको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।






