नेपालगन्ज-४ का थप दुईमा डेंङ्गु र एक जनामा स्क्रब टाईफस भेटियाे

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न-४ मा दुई जनामा डेंङ्गु देखा परेकाे छ ।

वडामा बिहिवार भएकाे स्वास्थ्य शिबिरमार्फत दुई जना डेंङ्गुका बिरामी फेला परेका हुन् ।

किटजन्य रोग लछित उक्त शिविरमा वडाका ४८ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियाे ।

नेपालगन्ज उपमहानगरपालिकाका हेल्थ असिस्टेन्ट तेज वलीका अनुसार २१ वर्षीय एक पुरुष र ३६ वर्षीया एक महिलामा डेंङ्गु संक्रमण देखिएकाे छ ।

यस्तै एक ४९ वर्षीया महिलामा स्क्रब टाईफसकाे संक्रमण देखिएकाे हेल्थ असिस्टेन्ट वलीले जानकारी दिनुभयाे । यस वडामा यसअघि एक जनामा डेंङ्गु संक्रमण भेटिएको थियाे । डेंङ्गुकाे जाेखिम नियन्त्रणका लागि वडाले सरसफाइ अभियान समेत संचालन गरेकाे छ ।

Previous articleहिंसा पिडित महिलालाई बाँके प्रहरीको सम्मान
Next articleफोकल शिक्षकका लागि तीन दिने लैंङ्गिक रुपान्तरण सम्बन्धी तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here