‘फेस अफ नेपालगञ्ज’को तेस्रो संस्करणको तयारी शुरु

नेपालगञ्ज । पिके इभेन्ट्स प्रालीको आयोजनामा फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको तयारी शुरु भएको छ ।

नेपालगञ्जमा पीके इभेन्ट्सले फेस अफ नेपालगन्ज इभेन्ट्सलाई ब्राण्डीङ गर्दै लैजाने योजनाका साथ इभेन्ट्सको तेस्रो संस्करणको तयारी शुरु गरेको हो ।

नेपालगञ्ज असोज ८ गते शनिबार हुने अडिसनको लालि ४२ जना प्रतिस्पर्धीले फारम भरिसकेको पिके इभेन्ट्सका प्रालीका अध्यक्ष प्रकाश कुँवरले बताउनुभयो ।

फेस अफ नेपालगञ्जको प्रतिस्पर्धामा प्लस टु र ब्याचलर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले उत्साहजनक सहभागीता देखिएको छ ।

तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्नुहुनेछ ।

प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।

फेस अफ नेपालगञ्जको विजेताले १६ हजार रुपैयाँ पुरस्कार र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।

यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

Previous articleनेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ
Next articleनरैनापुरको पचपेडुुवाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here