नरैनापुरको पचपेडुुवाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नरैनापुर । बाँकेको नरैनापुर वडा नं ३ कालाफाँटाको पचपेडुुवास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका ५० बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके महिला विभागद्धारा घोषित कार्यक्रम अनुुसार यहि उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शिक्षक संगठन बाँकेका सम्पुुर्ण पदाधिकारी तथा स्थानिय तहका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकको उपस्थितिमा संगठनका राष्ट्रिय समिति उपमहासचिव एकदेव पन्थीको प्रमुुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

सो सामाजिक कार्यका लागि शिक्षक हित तथा बचत सहकारी संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले बताउनुुभयो ।

Previous article‘फेस अफ नेपालगञ्ज’को तेस्रो संस्करणको तयारी शुरु
Next articleजनता मा.बि.पुर्ब विद्यार्थी समाजको अध्यक्षमा झबिलाल शर्मा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here