
बाँके । बाँकेमा मंगलबार एकैदिन ४२ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
तीन चरणमा काराेना परीक्षण रिपोर्ट जारी भएपछि जिल्लामा एकैदिन संक्रमण देखिनेकाे संख्या ४२ पुगेकाे हाे ।
भेरी अस्पतालमा भएकाे पहिलाे चरणकाे परीक्षण रिपोर्टबाट २४ जनामा संक्रमण देखिएकाे छ ।
त्यस्तै अस्पतालमै भएकाे दाेस्राे चरणकाे परीक्षण रिपोर्टबाट १७ जना र नेपालगन्जस्थित बागेश्वरी डाईग्नाेष्टिक ल्याबमा भएकाे परीक्षणबाट १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार १७ जना महिला र २५ जना पुरूषमा संक्रमण पुष्टि भएकाे छ ।
मंगलबार संक्रमण पुष्टि भएकाहरूमा सबैभन्दा कम २ वर्षीया बालिकादेखि ६५ वर्षीय पुरूष रहेकाे फाेकल पर्सन श्रेष्ठले जानकारी दिनुभयाे ।
याेसंगै बाँकेमा संक्रमण पुष्टि हुनेहरूकाे संख्या १ हजार ८५ पुगेकाे छ ।
जसमा ७ सय ७६ जना संक्रमण अवस्था शून्य भई घर फर्किएका छन भने ३ सय ३३ जना विभिन्न आईसाेलेसन सेन्टर तथा अस्पतालमा रहेका छन ।
यस्तै हालसम्म जिल्लामा पुष्टि भएकाहरूमध्ये ६ जनाकाे मृत्युु भएकाे छ ।





