
बाँके । खजुरा गाउँपालिकाका सामुदायिक बिद्यालयमा रहेका शिक्षकहरुको कोरोना बिमा गरिएको छ ।
गाउँपालिका शिक्षा शाखाले सामुदायिक बिद्यालयमा कार्यरत ४ सय ५६ जनाको कोरोना बिमा गरेको हो ।
सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुको जिल्लामै पहिलो पटक खजुरा गाउँपालिकाले कोरोना बिमा गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
केन्द्रको निर्देशन पश्चात गाउँपालिकाकामा रहेका बाल बिकास केन्द्रका सहयोगी कार्यकतादेखि प्राबिधिक धार तथा पालिकाको अनुदानमा समेत कार्यरत शिक्षकहरुको बिमा गरिएको हो ।
शिक्षा शाखाका प्राबिधिक सहायक निर्मल रेग्मीका अनुसार ६६ जना बाल बिकास केन्द्र, ४४ जना बिद्यालय कर्मचारी, १५६ जना प्राबि तह, ४० जना आधारभूत तह, ४७ जना माबि तह, १८ जना प्राबिधिक धार र ८५ जना पालिका अनुदानका शिक्षकहरुको बिमा गरिएको हो ।
कोरोना महामारीको प्रकोप निरन्तर बढिरहेपछि अहिले सम्पूर्ण क्षेत्रका व्यक्ति तथा संस्थाहरुले कोरोना बिमा गराईरकेका छन् ।
आठ स्थानीय तह रहेको बाँकेमा हालसम्म खजुरा गाउँपालिका बाहेक कुनै स्थानीय तहले शिक्षकहरुको कोरोना बिमा गर्न सकेका छैनन ।





