व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाण्डौ । व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा दुई जना पुरुष र एक महिला पक्राउ परेका र उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

गएको असोज ३ गते काठमाण्डौको गोठाटार जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।

मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । हत्या गरिएका सर्लाहीको हरिवन नगरपालिका-२ का लाल मोहम्मद विगतमा जाली नोट कारोबार र व्यक्ति हत्या अभियोगमा कैद सजाय भोगेका व्यक्ति थिए ।

घटनाको अनुसन्धानका लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

Previous articleडेङ्गी नियन्त्रणमा पालिका सरकार जिम्मेवार बन्नुपर्ने !
Next articleबुटवलका सडकमा खुला दूध बेच्न प्रतिबन्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here