
आत्महत्या सुन्दै भयानक, डरलाग्दो, तर यहि आत्मा ह्त्या पछिल्लो समय दिन दिनहु बढिरहेको छ ।
आफूलाई आफैले हत्या गर्ने, कति गारो काम तर अहिले निकै सहज र सजिलो तरिकाबाट आत्महत्याको घटना घटिरहेको छ । दैनिकजसो औषधी सेवन, झुन्डिएर आत्म हत्याको समाचार सुनिन्छ ।
आत्महत्याको विभिन्न कारण हुन सक्छ । जस्तै मानसिक तनाव (डिप्रेशन), आर्थिक अवस्था कमजोर हुनु, प्रेम बियोग, पारिवारिक कलह, परपुरुष परस्त्रीसंगको समबन्ध विशेष देखिन्छ र सुनिन्छ ।
यसै सन्दर्भमा आत्महत्या र अवस्थाका बिबिधि पक्षबारे हामीले जिल्ला प्रहरी कार्यालय बाँकेका अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी निरीक्षक चक्र डम्बर पालसंग कुराकानी गरेका छौं ।
आत्महत्याको अवस्था बाँकेमा अहिले कस्तो छ ?
बाँकेमा आत्महत्याको अवस्था हेर्दा मुद्दा दर्ताको आधारमा आंकलन गरिन्छ । आर्थिक वर्ष ७७/७८ मा ४० वटा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष ७८/७९ मा ५८ र चालू आर्थिक वर्षको हामलसम्म ३७ वटा घटना दर्ता भएको छ । समग्र देशभरीकै अवस्थालाई आँकलन गर्दा अन्य जिल्लामा जसरी आत्महत्याको एभरेजमै बाँकेमा पनि यसको दर त्यही रेसियोमा छ ।
हामीले आत्महत्याको समाचार सुन्छौं, आत्महत्याको संख्या बढिरहेको देखिन्छ अन्तिम बिकल्पमा मानिसले आत्महत्या नै किन रोज्छ्न जस्तो लाग्छ ?
यसको धेरै कारणहरु छ्न् । एउटा मात्र कुरा वा कारणले मानिसले आत्महत्या या देह त्यागको निर्णयमा नपुग्न सक्छ । विभिन्न कारण जस्तै आर्थिक, सामाजिक, पारिवारिक, तनाब, समबन्ध बिच्छेद, बाल बिवाहपछि समबन्ध बिग्रिंदै जानू त्यस पश्चात्को आत्महत्या, बैदेशिक रोजगारमा गएका पुरुष महिलाको बिचमा हुने मनमुटाव तथा खटपट ।
सामाजिक रुपमा आत्मसम्नानमा चोट पुग्ने जस्ता कुराले, तनाब पैदा, त्यसलाइ समयमै ब्यवस्थापन गर्न सकिएन भने, परपुरुष परस्त्रीसंगको सम्बन्ध जो गोप्य रुपमा राखिएको हुन्छ । तर त्यहि कुरा बाहिर एक्सपोज भैदिन्छ र र मानिसले त्यही कुराका कारण आत्महत्या रोज्छ्न् ।
बाँकेमा सबैभन्दा बढी कुन उमेर समुहकाले आत्महत्या गर्ने गरेको तथ्यांक छ ?
बाँकेमा ९० प्रतिशत आत्महत्याको केश १५ देखि ३५ बर्षसम्मको देखिन्छ । किशोर किशोरी पनि छ्न १० बर्षको बालक र ७९ बर्षको बृद्ध मानिसले पनि आत्महत्या गरेको देखिन्छ, तर यो कहिलेकाही रियर केशमा मात्र पर्छ । बिशेष गरि बाँकेमा टिन एज र ३५ देखि ४५ बर्षसम्मको हत्या बढी देखिन्छ ।
आत्महत्या रोकथामको लागि प्रहरीको भुमिका के रहन्छ त ? निश्च्य पनि आत्महत्या किन हुन्छ कसरी हुन्छ ? कारण के ? समाजमा अनुसन्धान र रोकथामको बिषयमा नेपाल प्रहरीको भुमिका पनि छ । आत्महत्या पता लगाउने कारक पनि प्रहरी नै हो ।
सचेतनामुलक कार्यक्रमद्वारा समाज या समुदायमा को जोखिम र जोखिममा परेका व्यक्तिसम्मका कुरा प्रहरीले नै पुर्याउँछ । सम्बन्धित सरोकारवाला संस्थासंगै रहेर सामाजिक जनचेतनामुलक कार्यक्रम रसामुदायिक प्रहरी साझेद्वार कार्यक्रममार्फत समाज, समुदाय र बिधालयमा यसबारेको सचेतना जगाउन सके आत्महत्याको रोकथाम हुन सक्छ । यसमा नेपाल प्रहरीको भुमिका सधैं अग्र पंक्तिमा रहन्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
बाँके जिल्लाबासी सम्पुर्णमा मेरो तथा प्रहरीको अनुरोध के छ भने आफ्नो बालबालिका काहाँ छ्न् ? के गर्दैछ्न ? कुन क्षेत्रमा काम गरिरहेका छ्न् ? अभिभावकले निरन्तर निगरानी गर्नुपर्छ । अर्को कुरा बालबालिकालाई हप्काउने गाली गरेर भन्दा उनीहरुसंग साथित्वको भावना राखेर, आपसमा राम्रा कुराहरु सेर गर्नु निकै आवश्यक छ ।
बच्चाको के कुरामा इच्छा छ ? सोही अनुसार सल्लाह दिएर बच्चालाई अगाडी बढाउनुपर्छ । आफ्नो बच्चा कतै लागू औषध दुव्र्यसनीमा फसेको, प्रेम सम्बन्धमा छ कि हेर्नुपर्छ । बिश्वमा प्रत्येक १० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने र नेपालमा दैनिक २० जनाले तथा विश्वमा एक बर्ष मा ८ लाखले आत्महत्या गर्ने गरेको तंथ्यान्क छ । त्यसैले यो बिषयलाई समयमै रोकथाम गर्न सकिएन भने भयानक बन्दै जानेछ ।





