“अपराधिक क्रियाकलापलाई तत्काल नियन्त्रण गछौं “: प्रहरी प्रवक्ता

हिन्दुहरुको माहान पर्व बिजयादशमी शुभदिपावली तथा छट पर्व हाम्रो घर आगनमा भित्री सकेको छ । चारैतिर मंगल धुन, बजार पुरै झिलिमिली, मानिसको भिडभाड अनि चोक चोकमा सजाइएका दुर्गा भवानीको मुर्ती ।

सबैलाई दशैको उमंग छ । तर यहि चाडपर्वको बेला चोरी लुटपाटको घटना अत्याधिक हुने गरेको देखिन्छ तथा पाईन्छ पनि, त्यसैले चाडपर्वको बेला सामान्य समयको भन्दा बढी सत्तर्क हुनुपर्छ । चाडपर्वको बेला हुनसक्ने चोरी डकैती लुटपाट तथा अपराधिक गतिविधि रोक्न बाँके प्रहरीको सुरक्षा योजनाका बिषयमा हामीले कुराकानी गरेका छौं । जिल्ला प्रहरी कार्यलाय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तीसंग बाँके प्रहरीको सुरक्षा सर्तकताका बिषयमा यस्तो छ ।

चाडपर्वलाई लक्षित गरि सुरक्षा व्यवस्थापन कस्तो गर्नुभएको छ ?
हिन्दुहरुको महान पर्व दशैं, तिहार र छ्ठलाई हर्षोउल्लास र शान्तिमय वाताबरणमा सम्पन्न गर्नको लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाभर शान्तिसुरक्षा तथा अमन चयन कायम गर्न ९ सय ३९ जना प्रहरी परिचालन गरिएको छ । यसबाहेक सम्पुर्ण राजनितीक दल, समाजसेवी, उधोगी, यातायात ब्यवसायी एवम् विभिन्न सरोकार निकायसंग समन्वय गरेर चाडपर्वलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न योजना अगाडी बढाएका छौं ।

बाँके जिल्लाको कुराकानी गर्दा खुला सीमानाका छ । चाडपर्वको बेला अपराधिक गतिविधि हुन सक्ने सम्भावना पनि उच्च छ । यसतर्फको योजना के छ ?
बिगत बर्षको सुरक्षा योजना र घटनालाई मध्यनजर गर्ने, विभिन्न चोक तथा गल्लीमा छिटोभन्दा छिटो (कुइक रेस्पोन्स)का साथ प्रहरी पुग्ने, सीमानाकामा चोरी पैठारी र अन्य अबैध चिज बस्तु सजिलै नेपाल नभित्रीयोस र यहाँबाट पनि त्यहाँ नजाओस यसका लागि दुबै देशको शान्ति सुरक्षामा खलल नपुगोस भनेर सिमा नाकामा थप जनशक्ति परिचालन गरेका छौं । अपराधिक गतिविधि हुने सम्भावित ठाउँ र ग्रामीण बस्तिमा किउ आरटि टोली, सर्च टोली तयार गरेका छौं ।

चाडपर्वमा प्राय सबै मानिस घर फर्किन्छ्न्, बजार सुनसान हुन्छ, यहि समय घरमा चोरी डकैती बढी हुने गर्छ । घरको सुरक्षाको लागि बाँके प्रहरीले कस्तो पहल गर्ने छ ?
सर्बप्रथम हामीले चाडपर्वमा सुचना गरेका छौं । दोघरे मानिसहरु घर गैसकेपछि सकिन्छ भने घरको सुरक्षाको लागि घर नछोडनुस बहुमुल्य बस्तु घरमा नछाड्ने, प्रहरीले भिडभाड हुने चोरी डकैती हुने ठाउँमा सबै टोलमा, बजारमा, ग्रामीण बस्तीमा पिके डिउटी परिचालन गरेका छौं ।

कुनैपनि घटना घटेको खण्डमा शसंकित व्यक्ति सजिलै भाग्न नपाओस भनेर बलकिङ र कर्डिन टोली निश्चित ठाउँमा तय गरेका छौं । तीन वटा रिजर्भ र थप जनशक्ति स्टेन्डबाइ रहन्छ ।कामको शिलशिलामा भारत गएका नेपालीहरु चाडपर्वमा घर फर्किदा सीमानाकामा लुटिन्छौ भन्ने गुनासो सधै आउँछ । किन होला ?
पहिलो कुरा छिमेको रास्ट्र र तेस्रो मुलुकबाट आउने नेपाली दाजु भाइ, दिदिबहिनी, आमाबुवालाई सीमापार गर्नुभन्दा पहिला हामीले यात्रु तथा नागरिक साहायता कक्ष स्थापना गरेका छौं । नेपाल आउने यात्रुको बहुमुल्य चिज र सरसमान चोरी लुटपाट सजिलै नहोस भनेर सादा पोसाकमा प्रहरी परिचालन गरेका छौं ।

साथै बनाइएको नीति निर्देशनको जानकारी दिन्छौं । सीमानाकामा समान हराउने गाडीको टिकट नपाउने, सिट नपाउनेलाई सहजै हामीले सहयोग गर्नेछौं । कसैको सामान छुटेमा छिटोभन्दा छिटो माइकिङ गर्ने, मोबाइल टोली, स्टेन्डबाइ परिचालन गर्नेछौ ।

सुरक्षाको समस्या र चुनौती के छ ?
सुरक्षा समस्या बाँके जिल्लामा मात्र नभएर यो देश कै समस्या हो । बाँकेको सन्दर्भमा साधन स्रोतको कमि, थप जनशक्तिको कमि, तालिम प्राप्त जनशक्ति प्रयाप्त नहुनु, सीमाक्षेत्रमा भएका प्रहरी चौकीमा जनशक्ति आवश्यकता भन्दा कम हुनु जस्ता कुराले कुन ठाउँमा पिकेट खटाउने, कुन टोलीले सर्च गर्ने, कुन टोलीले गस्ती गर्ने समस्या छ । सवारी साधनको कमि छ । संचार साधनको कमि छ । साधनले तुरुन्त सिंगनल नदिने, ब्याट्री तुरुन्तै डाउन हुने समस्या छ ।

Previous articleविवेकशील साझा लुम्बिनीमा सामूहिक राजीनामा
Next articleडेङ्गी संक्रमणबाट जाेगिन नगरबासीहरुलाई उपमहानगरकाे आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here