थाइल्याण्डमा गोली प्रहारबाट ३४ जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको उत्तर-पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन् । बन्दुक चलाउने व्यक्ति हाल फरार रहेका छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कु समेत प्रहार गरिएको जनाइएको छ ।

आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका छन् ।

मृतकमध्ये २३ जना बालबालिका रहेको त्यहाँका उच्च प्रहरी अधिकारीले दावी गरेका छन् ।

Previous articleराप्तीको तल्लो तटीय क्षेत्रका तीन सय बढी घर डुबानमा
Next articleकैलालीमा प्रहरीमाथि हातपात, आरोपमा तीन पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here