नेपालगन्जका मासु पसलकाे अनुगमन, एकरूपता कायम गर्न निर्देशन

बाँके । मासुकाे मुल्यमा एकरूपता नरहेकाे पाईएपछि नेपालगन्जमा रहेका मासु पसलहरूकाे बुधबार अनुगमन गरिएकाे छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जबाट बुधबार नेपालगंजको विपि चाेक, आदर्शनगर, कारकाँदो, राँझा क्षेत्रमा रहेका मासु पसलहरुको अनुगमन गरिएकाे हाे ।

अनुगमनका क्रममा उत्पादन र आपुर्ति सहज भएको हालको अवस्थामा ब्रोईलर कुखुराको मासु अधिक्तम रु 300/ प्रति किलो भन्दा बढि मूल्य नलिन व्यवसायीहरुलाई निर्देशन दिईएको छ ।

यस्तै व्यवसायीहरुबाट पनि सो भन्दा बढी मूल्य नलिने प्रतिबद्धता जनाईएकाे छ ।

अनुगमनका क्रममा रू ३५० सम्म प्रति केजी मासु बेचेकाे पाईएपछि यस्ताे प्रतिबद्धता लिईएकाे बाणिज्य, अापुर्ति कार्यालयका सूचना अधिकारी देवीलाल चाैलागाईले जानकारी दिनुभयो ।

यस्तै अनुगमनकै क्रममा मुल्य सुची समेत परिवर्तन गर्न निर्देशन दिइए अनुसार सबै व्यवसायीहरुले तत्कालै मुल्य सुची समेत सोही अनुसार कायम गरेका छ्न् ।

बुधबारकाे बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका विमल गुरुङ्ग र लक्ष्मी शाही, भेटेनरी अस्पतालका भोजराज रावल लगायतको सहभागीता रहेको थियो ।

Previous articleनेपालगञ्जको वडा नं–१० मा कोरोनाको प्रकोप बढि !
Next article८८ वर्षीय बृद्व सहित २४ जना काेराेना जितेर घर फर्कदैं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here