नेपालगञ्जको वडा नं–१० मा कोरोनाको प्रकोप बढि !

बाँके । नेपालगञ्जमा सबैभन्दा बढि वडा नं–१० मा कोरोना संक्रमित भेटिएका छन् । यो वडामा हालसम्म ४४ जना कोरोना भाइरसको संक्रमण फेला परेको छ । कोरोना संक्रमितहरु धेरै भएको दोस्रो नम्बरमा वडा नं–८ रहेको छ । यहाँ बुधबारसम्मकाेे तथ्याँक अनुसार ३१ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

त्यस्तै बढि संक्रमित भेटिने तेस्रो नम्बरमा वडा नं–१ रहेको छ । तथ्याँक अनुसार यहाँका २७ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडाहरुका ४५० जनामा कोरोना पुष्टि हुँदा यी तीन वटा वडाहरुमा सबैभन्दा बढि संक्रमण देखिएको हो ।

त्यस्तै संक्रमण बढि भेटिने वडाहरुको चौथो नम्बरमा भने वडा नं–११ रहेको छ । यो वडामा हालसम्म २३ जना संक्रमित फेला परेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै वडा नं–१८ मा २०, वडा न–२ मा १८, वडा न–४ मा १७, वडा नं–५, ६, ७ र २० मा ११/११ जना संक्रमित देखा परेका हुन ।

यस्तै वडा नं–९, १५ र १६ मा ९/९ जनामा संक्रमण देखिएको छ भने वडा नं–३ मा ७, वडा नं–१३, १९ र २२ मा ६/६ जना तथा वडा नं–१४ मा ५, वडा नं–१७ मा ४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

सबैभन्दा कम देखिनेमा वडा न–२१ मा १ जनामा कोरोना पुष्टि भएको छ भने नेपालगञ्जको सबै वडाहरुमध्ये एक जना पनि संक्रमित नदेखिएको २३ नम्बर वडा रहेको छ । यहाँका ३५ जना क्वारेन्टिनमा बसेपनि कसैमा कोरोना पुष्टि नभएको पाइएको छ ।

त्यस्तै नेपालगञ्ज क्वारेन्टिनमा बसेकाहरुमा नेपालगञ्ज बाहेक ३२१ जनामध्ये १३३ जनामा कोरोना पुष्टि भएको तथ्याँकले देखाएको छ । नेपालगञ्ज क्वारेन्टिनमा हालसम्म २ हजार २ सय २८ जना बसेका छन् ।

Previous articleबाँकेमा सामुदायिक बिद्यालयका शिक्षकको कोरोना बिमा गर्ने खजुरा पहिलो
Next articleनेपालगन्जका मासु पसलकाे अनुगमन, एकरूपता कायम गर्न निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here