दाङ १ मा चौधरी, २ मा पोखरेल र ३ मा वलीलाई टिकट

काठमाण्डौं । एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई चुनाव लड्न टिकट दिएको छ ।

एमाले नेताहरुका अनुसार वलीले टिकट पाउनुभएको हो । वलीले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गर्नुभएको थियो ।

पार्टीले टिकट नदिएपछि चुप बस्नुभएकी उहाँलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

यसपाली एमालेले वलीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो । यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाउनुभएको छ ।

Previous articleराप्तीमा अहिलेसम्मकै ठुलो बाढी, नरैनापुरका दुई सय घरमा क्षति
Next articleएमालेले लुम्बिनीमा कहाँ कसलाई दियो टिकट (नामावलीसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here