नेपालमै पहिलो पटक ८८ वर्षीय बृद्धले कोरोना जिते

बाँके । नेपालमै पहिलो पटक ८८ वर्षका बृद्धले कोरोना जितेका छन् । बाँकेको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय बृद्ध बिन्दा प्रसाद कुर्मी बिहीबार कोरोना जितेर घर फर्किनुभएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालमै पहिलो पटक ८८ वर्षका व्यक्तिले कोरोना जितेको यो घट्ना हो । खजुरास्थित क्षेत्रीय कृषि तालिम केन्द्र खजुरा खाइसोलेसनमा रहनुभएका बृद्ध बर्माले डिस्चार्ज हुने क्रममा जडिबुडिको प्रयोगले कोरोनसंगको लडाईमा कोरोना पराजित भएको प्रतिक्रिया दिनुभयो ।

बर्मा कोरोना संक्रमण पुष्टि भएपछि लट्ठको सहारामा गाडीमा चढेर आइसोलेसनमा जानुभएको थियो । तर बिहिबार डिस्चार्ज हुने बेला उहाँ पहिलेको भन्दा स्वास्थ्य देखिएको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले बताउनुभयो ।

डिस्चार्ज भएका उहाँसहितलाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले खादा ओढाउँदै बिदाई गर्नुभएको थियो । बर्मालाई भाद्र ४ गते संक्रमण पुष्टि भएको थियो । उहाँसंगै बिहीबार बाँकेकामा २४ जना डिस्जार्च भएका छन् । कृषि तालिम केन्द्रबाट मात्रै २ महिलासहित ५ जना डिस्चार्ज भएका छन् ।

बृद्धसहित डिस्चार्ज भएकाहरुलाई बिदाई गर्दे स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह
Previous article८८ वर्षीय बृद्व सहित २४ जना काेराेना जितेर घर फर्कदैं
Next articleभरुवा बन्दुकसहित बाँकेमा एक शिकारी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here