भरुवा बन्दुकसहित बाँकेमा एक शिकारी पक्राउ

बाँके । सशस्त्र प्रहरीले बाँकेबाट अवैध भरुवा बन्दुकसहित एक शिकारीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल (बिओपी) कालाबन्जारबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीको कमान्डमा खटिएको गस्ती टोलीले गएराती १ बजे डुडुवा गाउँपालिका वडा नं–६ शिखनपुर्वाका ५६ बर्षीय अजित सिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ गरिएको बन्दुक लोड रहेको पाइएको छ । बन्दुक बोकेर रातमा हिडिरहेका सिंहले गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भाग्नै लाग्दा उनलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका सिंह र भरुवा बन्दुकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय हिरमिनिया बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

Previous articleनेपालमै पहिलो पटक ८८ वर्षीय बृद्धले कोरोना जिते
Next articleभेरीको परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here