१५ बर्षीय सलिना बनिन् शिक्षा शाखा प्रमुख

ठाकुरबाबा । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाईएको छ ।

बालिका दिवसको अवसरमा आज बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखको पद आज ठाकुरबाबा नगरपालिका वडा नंं ४ को परिवर्तनका सम्वाहक (सिओसी) कक्षाको १५ बर्षीया सलिना चौधरीले सम्हाल्नुभएको छ ।

सो पद सम्हाल्दै चौधरीले ठाकुरबाबा नगरपालिकाका किशोरीहरुको लागि सम्पुर्ण विद्यालयहरुमा स्वस्थ खाजाको ब्यवस्था र सेनेटेरी प्याडको निःशुल्क व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सिता कुमारी भण्डारीले आफनो पद हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरि आज नै ठाकुरबाबा नगरपालिको वडा नं.५ मा अवस्थित सिओसी कक्षाका १८ बर्षीया जुनमाया थारुले बगनाहा स्वास्थ्यचौकीको प्रमुख पद सम्हाल्नुभएको छ ।

स्वास्थ्यचौकीका प्रमुख ओम चुनाराले आफनो पद हस्तान्तरण गर्नु भएको थियो । सो पद सम्हाल्दै जुनमाया थारुले विद्यालयहरुमा निःशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो ।

सो कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले समग्र विकासको लागि पालिकाले १० बर्षे गुरुयोजना निर्माण गरि अगाडि बढेको र विद्यालयमा किशोरीहरुको शिक्षाको निरन्तरताको लागि शिक्षाको क्षेत्रमा बजेट विनियोजन गरेको तथा बालबालिकाहरुलाई सुरक्षित वातावरण सिर्जना गर्न पहल गरिएको बताउनुभयो ।

त्यसैगरि प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले ठाकुरबाबा नगरपालिकाले किशोरी तथा बालिकाहरुको शिक्षामा पहुँच पु¥याउनका लागि विद्यालयहरुमा महिनावारी ब्यवस्थापन कक्ष, खानेपानी तथा सरसफाईको उचित ब्यवस्था गरिएको बताउनुभयो ।

त्यसै गरि ठाकुरबाबा नगरपालिकाका उपमेयर विना कुमारी भट्टराईले बालिका दिवसको अवसरमा सम्पुर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना दिँदै बालिकाहरुलाई सबैभन्दा शिक्षामा निरन्तरता दिनुपर्ने बताउनुभयो ।अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बर्दिया जिल्लामा पनि ‘गर्ल्स टेक ओभर’ कार्यक्रम भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) र सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) को सहकार्यमा संचालन भइरहेको छ ।

प्लान इन्टरनेशनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।

सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।

रिपोर्ट अनुसार २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीको अधिकार, किशोरी र युवा महिलाका राजनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

Previous articleजसपाका चार मन्त्री बर्खास्त
Next articleबाढी पिडितको घरदैलोमा व्यस्त निवर्तमान सांसद कृष्णा केसी (नमुना)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here