प्रतिभा र अचर्ना बनिन प्रहरि निरिक्षक तथा प्रधानाध्यापक

बारबर्दिया । प्लान ईन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) र बि ग्रुपको, बाँके युनेस्को क्लबको साझेदारीमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसकाे अवसरमा ´अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य´ नारासहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका अर्चना चौधरीले एक दिनका लागि श्री ने.रा.मा.बि. बेलुवा बज्या बिधालयको प्रधानाध्यापको भुमिका तथा सोही वडामा रहेको इलाका प्रहरी चौकी बनियाभार रामपुरको प्रहरी निरिक्षकको भुमिकामा प्रतिभा थारु बन्नुभएकाे छ ।

उक्त कार्यक्रममा इलाका प्रहरी चौकी बनियाभार रामपुरका प्रहरी निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिकाको रुपमा मनाउन गइरहेको `गल्स टेक ओभर´को अबसरमा यस इलाका प्रहरी कार्यालयको प्रमुख जस्तो गरिमामय पदमा हस्तान्तरण गर्न पाउनु यस कार्यलयको लागि खुसी तथा यसको अबसरको रुपमा लिएको बताउँदै यस इलाकाभित्र हुने कुनै पनि घटनाहरुमा युवा महिला बालबालीकाहरुको अबसर तथा आवाजलाइ सुनवाइ हुने खालका कामहरु यस इलाकाले गरिरहेको र आगामी दिनमा यस दिवसको अबसरमा प्राप्त भएको ज्ञापन पत्रलाइ आत्मसाथ गरि कार्यान्वयन का लागि प्रतिबद्दता जनाउनु भयो ।साेही अबसरमा श्री नेपाल राष्ट्रिय माध्यामिक बिधालयको प्रधानाध्यापकले प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार संस्थाहरुले शैक्षिक गुणस्तिर सुधार गर्न र बालिकाहरुको नियमित बिधालयमा सहभागिताका लागि गरिएका कृयाकलाप सान्द्रभिक तथा उपलब्धीमुलक भएको बताउनुभयो ।

यस अबसरमा यस बिधालयमा बालिकाहरुको नेतृत्व बिकास तथा सहभागिताका लागि प्रधानाध्यापकको पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिधालयका लागि अबसर लिएकाे बताउनुभयो ।

मंगलबारदेखि `अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा´ सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ ।

प्लान इन्टरनेसनलको स्टेट अफ त वर्ल्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।

सर्वेक्षणमा भाग लिएकामध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।रिपोर्टका अनुसार २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरि २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

यसलाई कार्यक्रममा मात्र सिमित नराखि बालिकाहरुको शशक्तिकरणमा यस कार्यले टेवा पुग्ने अपेक्षा प्रकट गनुभयो । उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका पदाधिकारी, वडा सदस्य, शिक्षकहरुको सहभागिता रहेको थियो ।

Previous articleसाना-साना सपना हेरेपछि…!
Next articleनिस्वार्थ सेवाभाव, आशिष गाेयलजीकाे टिमलाई सल्युट !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here