निस्वार्थ सेवाभाव, आशिष गाेयलजीकाे टिमलाई सल्युट !

मिति २०७९ असाेज २८ गते शुक्रबार राति करिब १० बजेकाे थियाे । नेपालगन्जकाे व्यस्त बजार त्रिबेनीमोड नजिक एउटा गाई गम्भीर स्तिथिमा थियो । जसको खुट्टामा घाउ भएर धेरै रगत भगिरहेकाे थियाे ।

बगेकाे रगत बाटाेभरि देखेर त्यहाँ नजिकै रहेका केहि युवाहरुले नेपालगन्जकै आशिष गोयललाई खबर गरे । खबर गरेकाे केहि मिनेटमै उहाँ आफ्नाे टिमसहित घट्नास्थलमा पुग्नुभयाे ।

त्यही समयमा नजिकै रहेकाे सदरलाईनमा कुकुरको जमातले बाँदरको बच्चामाथि आक्रमण गरेर गम्भिर घाइते बानाएको थियाे ।

नजिकै रहेका स्थानीयहरुले उक्त बाँदरको बच्चालाई बचाएर आशिष जिलाई खबर गरेपछि उहाँको टिमले त्यो बाँदरको बच्चाकाे पनि औषधी उपचार गर्याे ।

आशिष गाेयलसहितकाे टिमले नेपालगन्ज क्षेत्रमा घाईते भएका, फँसेका जनावरकाे उद्वार कार्यदेखि औषधी उपचार गर्दै आएकाे छ ।

आशिषजी लगायत उहाँकाे टिमले यश कार्यलाई आफ्नो व्यक्तिगत खर्चमा गर्दै आएको छ । उहाँकाे कार्यलाई कहिले काहीँ मात्र कोही काेही सुभचिन्तकले सहयोग गरेको पाइएको छ ।

मेरो हार्दिक अनुरोध छ स्थानीय सरकारसंग उहाँहरुलाई धेरैभन्दा धेरै सहयोग हाेस । नेपालगन्जमा जनावरसंग माया गर्नेहरुले उहाँलाई आर्थिक व जे-जस्तो सहयोग गर्न सकिन्छ गर्नका लागि समेत बिनम्र आग्रह गर्दछु ।

Previous articleप्रतिभा र अचर्ना बनिन प्रहरि निरिक्षक तथा प्रधानाध्यापक
Next articleशताब्दी पुरुष सत्यमोहन जोशीको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here