साना-साना सपना हेरेपछि…!

साहित्यको विद्यार्थी भएका नाताले २०६२/२६३ तीर त्रिभुुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अंग्रेजी साहित्य अध्ययन गर्दा दुुई/चार पटक गुुरुकुुल थीएटरमा नाटक हेरेको थिए । धेरै बर्षपछि आज शिल्पी थिएटरको नाटक साना-साना सपनाहरु आफ्नै शहर कोहलपुुरमा हेर्ने अवसर मिल्यो ।

स्थानीय कोहलपुुर-११ मा अवस्थित ज्ञानज्योति मा.वि.को प्रांगणमा दियालो परिवारको आयोजना र कोहलपुुर नगरपालिकाको समन्वयमा प्रस्तुुत नाटकले उठान गरेका बिषयबस्तुुहरु साधारण, तर आम जनताले भोग्नुुपरेका दैनिक जीवनका समस्या र हाम्रो समाजमा जरो गाडेर बसेका बिसंगति र विकृतिहरुले आम दर्शको मन राम्रैसंग छोएको थियो ।

घिमिरे युुवराजको परिकल्पना र पवित्रा खड्काको निर्देशनको साना-साना सपना नामक नाटक हेरेपछि २००७ सालमा प्रजातन्त्र, २०४६ सालमा बहुुदल २०६५ सालमा गणतन्त्रको प्राप्तिले देशको व्यवस्था परिवर्तन त गर्याे तर आम जनताको अवस्थामा कत्तिपनि परिवर्तन आएन । यत्रतत्र सर्वत्र घुुसखोरी, दलाली, कमिशन, ढिलासुुस्ती, आफन्तबाद, धनवाद र डनबादको विगविगिनै छ ।

सर्वसाधारणले सरकारी कार्यालयबाट पाउने सेवा पाउन व्यहोर्नुुपर्ने ढिलासुुस्ती र लापरवाहीको जीवन्त प्रस्तुुतिले उपस्थित दर्शकले आफुुलाई मालपोत, यातायात तथा शिक्षा कार्यालयमा सेवाग्राहीको रुपमा नै महसुुस गरे । संघीय व्यवस्थाको शुुरुवातलाई घरघरमा सिंहदरवार भनेपनि स्थानीय सरकारसमेत बिचौलिया, कमिशन खोर, ठेकेदार र डनहरुको कब्जामा पुुग्दा सर्वसाधारण जनताले सेवा सरल र सहजरुपमा पाउन नसकेको ।

नागरिकता र प्रमाणपत्रमा छोरीको नाम फरक परेको सच्याउन एउटा गरिब किसानले भोगेको दुःख, अपमान, तिरेको घुुस र विभिन्न निकाय धाउँदा-धाउँदै छोरीको छात्रवृति गुुमेको दृश्यले गणतन्त्र र संघीयतालाई राम्रैसंग गिज्याएको थियो ।

मल बिउ, सिंचाईको अभाव झेलेर उत्पादन गरेको धानको मुुल्य आफै तोकेर कौडीको भाउमा बिचौलियाले खरिद गर्न खोज्नुु, बिरामी बोकेर हिड्दा एम्बुुलेन्सको ड्राइभरले नै कमिशनको लागि सम्पर्क गर्नुु र करिब मरिसकेकी आमाको लागि अस्पतालमा विभिन्न शिर्षकमा हजारौको बिल तिर्न बाध्य परिएको गरिव किसानको दृश्यले समाजबाद उन्मुुख सरकारलाई कुुरी कुुरी गरिरहेको थियो ।

सकेसम्म महिलालाई राजनीति तथा समाजसेवाको क्षेत्रमा बञ्चित गर्ने कार्यको घृणित उदाहरण अनेक तर्क गर्दै महिला विभागको सभापति पुुरुष बनाउने कार्य र पैसा नभएर चुुनाव जित्न सकिंदैन भनि युुवालाई राजनीतिमा अवसर नदिने कार्यले अहिलेका राजनीतिक दलहरुको अवस्थालाई जिवन्त देखाएको छ ।

एउटा गरिब थाारु किसानको परिवारलाई मुुख्य आधार बनाइ निर्माण गरिएको नाटकमा मल, विउ, सिंचाइको सुुविधा र उचित बजारको प्राप्तिलाई किसानको सपनाको रुपमा प्रस्तुुत गरिएको छ । स्थानीय सरकार तथा सरकारी कार्यालयबाट सम्पादन गरिने सेवाहरु सहज र सरल रुपमा प्राप्त गर्न पाउनुु एउटा सर्वसाधारणको साने सपना छ ।

निःशुुल्क तथा सुुलभ शिक्षा तथा स्वास्थ्य सुुविधा, बिचौलिया र दलालमुुक्त समाजलाई नाटकले सानो सपनाको रुपमा प्रस्तुुत गरेको छ । एक रथका दुुइ पांग्राको रुपमा परिवारमा सधै पुुरुषको सुुख, खुुसी र प्रगतिलाई आफ्नो ठानेर भुुमिका निर्वाह गर्ने महिलालाई राजनीतिमा अगाडी बढ्न पुुरुषबाट प्राप्त गर्ने इमान्दार सहयोगलाई पनि नाटकमा एउटा सानो सपनाको रुपमा देखाइएको छ ।

राजनीतिमा युुवाको हस्तक्षेपबाट अवस्थाको परिवर्तन गर्न सकिन्छ भनेर प्रतिबद्ध भएर लागेको युुवालाई गरिबीका कारण निर्वाचनमा टिकट नदिँदा निराश भई अब बाहिर जान्छु भन्नुले साँच्चिकै दैनिक सयौंको संख्यामा युुरोप, अमेरिका र अष्ट्रिेलिया बाहिरिनुुको वास्तविक कारण देखाउँछ ।

देशको इतिहासमा भएका ठुुला-ठुुला व्यवस्था परिवर्तनले पुुरा गर्न नसकेका एउटा आम नेपालीका साना-साना सपनालाई पुुरा गर्ने सद्बुद्धि राज्य सञ्चालनको जिम्मेवारीमा रहेका नेतृत्वमा आओस र जनतामा पनि प्रतिरोध गर्ने क्षमता बिकास होस् । नीति निर्माण तह, संसदको निर्वाचनको संघारमा प्रस्तुुत नाटकले जनताका साना-साना सपना पुुरा गर्न ईमान्दार नेतृत्व निर्वाचित गर्न सक्नुुपर्दछ ।

अन्त्यमा कोहलपुुर नगरपालिकाले समन्वय गरेर शिल्पीको नाटक देखाउने कार्य गरेकोमा धन्यवाद दिँदै उपस्थित दर्शकको उत्साह र नाटकप्रतिको प्रतिक्रिया देख्दा र सुुन्दा कोहलपुुरमा एउटा नाट्यशालाको आवश्यकता छ । स्थानीय सरकार भएको नाताले स्थानीय कलाकार उत्पादन र नाट्यशाला निर्माणमा कोहलपुुर नगरपालिकाले पहल गरोस् ।

Previous articleबाढी पिडितको घरदैलोमा व्यस्त निवर्तमान सांसद कृष्णा केसी (नमुना)
Next articleप्रतिभा र अचर्ना बनिन प्रहरि निरिक्षक तथा प्रधानाध्यापक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here