
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुलाई बिद्यालय सुधार योजना निर्माण सम्बन्धि तालिम शुरू भएको छ ।
खजुरा गाउँपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजना अन्तर्गत तीन दिने तालिममार्फत बिद्यालयहरुको क्षमता अभिबृद्धि गर्न लागिएको हो ।
परियोजना संचालित बिद्यालयका प्रधानाध्यापक लगायत प्रतिनिधिहरुको सहभागितामा शुरू तालिममा बिद्यालय सुधार योजना निर्माणको प्रक्रिया, आवश्यक मापदण्डका बिषयमा जोड दिइनेछ ।
स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेको उपस्थितिमा बिहीबारदेखि शुरू तालिममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, शिक्षा शाखाका प्राबिधिक सहायक निर्मल रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
तालिमलाई प्रशिक्षक जित बहादुर शाहले सहजिकरण गर्नुभएको छ । स्याकले खजुरा गाउँपालिकाको समन्वयमा बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक क्षमता अभिबृद्धि जस्तै तालिम, अभिमुखिकरण, गोष्ठी, नीति निर्माण, शैक्षिक सामाग्री निर्माण गरिनुका साथै बिद्यालय भवन लगायत आवश्यक व्यवस्थापनमा सहयोग पुर्याउँदै आएको स्याकका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनभुयो ।





