जानकी-३ ले सार्वजनिक जग्गा कब्जा कार्य रोक्ने

नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं-३ ले सार्वजनिक जग्गा कब्जा हुन नदिने भएको छ । सार्वजनिक जग्गा कब्जा गर्ने कार्य निरन्तर हुँदै आएपछि वडा नं-३ ले बिहीबार एक सूचना जारी गरी सार्वजनिक जग्गा कब्जा हुन नदिने जनाएको हो ।

वडाभित्रका ताल, तलैया तथा खाली रहेका सार्वजनिक जग्गा कब्जा गर्ने बिषयमा बसेको वडाको बोर्ड बैठकले अबदेखि कसैलाई सार्वजनिक जग्गा कब्जा गर्न नदिने निर्णय गरेको छ ।

वडाभित्र रहेका सार्वजनिक जग्गा, ताल, तलैया तथा खाली जग्गा कब्जा गर्ने कार्यबिरुद्ध यस्तो निर्णय गरिएको वडा नं-३ का वडाअध्यक्ष राजकुमार कुर्मीले जानकारी दिनभुयो ।

उहाँका अनुसार सार्वजनिक जग्गामा हाल घर भएतापनि अब नयाँ घर, टहराहरु निर्माण गर्न नपाउने, सार्वजनिक रुपमा कार्य गर्न पाउने तर व्यक्तिगत कब्जा गर्न नपाउने निर्णय गरिएको छ ।

Previous articleबिद्यालय सुधार योजना निर्माण सम्बन्धि खजुरामा तीन दिने तालिम शुरू
Next articleनेपालगञ्जका बाढी पिडितलाई राहत वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here